आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

घिरिङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ १९, सोमबार मा प्रकाशित ९ महिना अघि
  • ८ पाठक संख्या
  • जेठ १९ अन्जान परियार घिरिङ।
    तनहुँको घिरिङ गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। पालिका स्तरीय खोप समन्वय समिति घिरिङको आयोजनामा सोमबार घिरिङ गाउँपालिका कार्यालयको सभाहलमा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।


    पालिका खोप समन्वय समितिका संयोजक समेत रहेका थापाले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्दै रोगहरूको प्रतिरोधात्मक क्षमता विकास गर्न सबै किसिमका खोप आवश्यक रहेको बताए। उनले घिरिङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरिरहेको जानकारी गर्दै आगामी वर्ष पनि पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिबद्धता गरे। साथै, गाउँपालिका भित्रका सबैले खोप पाएकोमा उनले स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गरे।
     
    'स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नारा सहित गरिएको यस कार्यक्रमको प्रारम्भमा स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले प्रतिवेदन प्रस्तुत गर्दै सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिए संगै सोही तथ्याङ्कको आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको बताए। घिरिङ गाउँपालिकामा हाल १५ महिना भित्रका १५२ बालबालिका हरूले खोप लगाइसकेका छन् भने १६ देखि ५९ महिनाका ५७५ जना बालबालिकाहरूले पूर्ण खोप पाएको विवरण प्रतिवेदनमा प्रस्तुत गरेका थिए।

    कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष रन बहादुर राना, गाउँपालिकाका उपाध्यक्ष राधा देवी अधिकारी, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दुवाडी , प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, वडा नं. १ वडाध्यक्ष रवि घोरासिनी, २ का वडाध्यक्ष नर बहादुर थापा ,३ का वडाध्यक्ष तहसिं थापा, ४ का वडाध्यक्ष भिम बहादुर कुमाल , ५ का वडध्यक्ष विष्णु विर आले , एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ, चन्द्र ज्योति माविका प्रअ प्रेम बहादुर थापा, कृष्ण मा वि का प्र.अ. धुर्वराज सिग्देल,स्थ्यकर्मी प्रविण श्रेष्ठ र स्वास्थ्य स्वयंसेविका चन्द्रकला थापाले मन्तव्य राखेका थिए।

    उक्त कार्यक्रममा सहभागी हरूले आगामी दिनमा समेत उक्त खोप अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । सो कार्यक्रमको संचालन घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गरेका थिए भने  स्वास्थ्यकर्मी मन प्रसाद रानाभाटले स्वागत मन्तव्य राखेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट