
समाचार कुञ्ज आज भिमाद नगरपालिकाको नगर सभाको विशेष अधिवेशन नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको छ।
सभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक उपप्रमुख शारदा खनालले चालु आर्थिक वर्षको स्वीकृत नगर विकास योजनाअन्तर्गत कार्यक्रम तथा बजेट रकमान्तर, संशोधन तथा नयाँ योजना समेटिएको विनियोजन विधेयक, २०८१ पेश गर्नुभएको थियो।
त्यस्तै, लेखा समितिका संयोजक श्री वीर बहादुर बस्यालज्यूले आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखापरिक्षण प्रतिवेदनमा उल्लेखित नियमित गर्नुपर्ने बेरुजुहरूबारे प्रतिवेदन पेश गर्नुभयो। आर्थिक विकास समितिका संयोजक श्री प्रकाश श्रेष्ठज्यूले भू-उपयोग क्षेत्र परिवर्तन सम्बन्धी प्रस्ताव सभामा प्रस्तुत गर्नुभयो।
सभामा प्रस्तुत सबै प्रस्तावहरू स्वीकृत गरिएका छन्। नगर प्रमुख श्री दधिराज सुवेदीज्यूले विभिन्न प्रस्तावहरू प्रस्तुत गर्नुका साथै नगरसभा सदस्यहरूको सक्रिय सहभागिता र महत्वपूर्ण छलफलप्रति आभार व्यक्त गर्दै सभा समापन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस