आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको ज्यान गयो


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • ६ पाठक संख्या
  • तनहुँ, जेठ 
    तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा सोमबार साँझ भएको चितुवाको आक्रमणबाट एक ६ वर्षीय बालकको ज्यान गएको छ।

    स्थानीय दलबहादुर गुरुङका छोरा उत्सव गुरुङ आफ्नै घरको आँगनमा बसेको बेला अन्दाजी साँझ ७:३० बजे अचानक जंगली चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका डीएसपी अशोक थापाले जानकारी दिए । आक्रमणमा गम्भीर घाइते बालकलाई तुरुन्तै बन्दिपुर अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा साँझ ८:२० बजे डाक्टरले मृत घोषणा गरेका थिए।

    चितुवा आक्रमणको  घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ। घटनापछि प्रहरी र वन कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ।
    @topfans Sushant Thapa Sabin Lamichhane

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट