आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

करेन्ट लागेर घिरिङ १५ वर्षीया बालिकाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • ६ पाठक संख्या
  • तनहुँ । जेठ, २६

    तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ गडौलीटारमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।

    सोमबार दिउँसो घाँस काट्ने क्रममा पिपलको रुखमा चढेकी १५ वर्षीया निर्मला कुमालको विद्युतको हाइटेन्सन लाइनमा छोइएर मृत्यु भएको हो। मृतक निर्मला महेन्द्रज्योति माविमा कक्षा १० मा अध्ययनरत थिइन्।

    आमा र छोरी सँगै घाँस काट्न गएका थिए। रुखमा चढेर घाँस काट्दै गर्दा करेन्ट लागेको घटनापछि उनलाई तत्काल उद्धार गरी जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतार लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।q

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट