आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ऋषिङ र बुलिङटार जोड्ने पुल निर्माण सुरुसंगै स्थानीयबासी हर्षित


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २९, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • ७ पाठक संख्या
  • तनहुँ र नवलपरासी गरी दुई जिल्ला जोड्ने गडगडीघाटमा निर्माणधीन मोटरेवल पुल निर्माण कार्यले गति लिन थालेको छ । निर्माण कम्पनी लुम्बिनी विल्र्डसको लापरवाहीका कारण निर्माण कार्य अलपत्र बन्दै आएकोमा स्थानीयबासीको चर्को दबाबपछि पुन ः निर्माण सुरु भएको हो । 
    झण्डै आठ बर्षदेखि अलपत्र हुदै आएको सो पुलको निर्माण कार्य अघि बढाइएको छ । पाँच स्पाममध्ये एक स्पाम जडान कार्य सम्पन्न भएको स्थानीय शिक्षक माधव गिरीले जानकारी दिनुभयो । 
    उहाँले भन्नुभयो “छ वटा पिल्लरमध्ये पाँच पिल्लर निर्माण गरिसकेको र एउटा पिल्लरको जमिन मुनिको भागको काम सकेर पिल्लर उठाउन बाँकी रहेको छ ।” जिल्लाको ऋषिङ गाउँपालिका–४ मधुवन र नवलपरासीको बुलिङटार–४ कोखे जोड्ने पुल निर्माण कार्यले गति लिन थालेपछि स्थानीयबासी खुशी भएका छन् ।  उक्त पुल आव ०७३÷०७४ मा स्वच्छन्द ,नागार्जुन ,जेभी कम्पनीले पाँच वर्षमा सक्ने गरि रु.३२ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । 
    उक्त निर्माण कम्पनीले काम गर्न नसकेपछि लुम्बिनी विल्र्डसले जिम्मा पाएर काम सुरु गरेको निर्माण कम्पनीका साइड इन्चार्ज सुदीप थापाले जानकारी दिनुभयो । 
    उहाँले भन्नुभयो “यस आर्थिक बर्षमा समय अलि ढिलो भएका कारण यसबर्ष पूरा गर्न बाँकी रहेको एक पिल्लर सम्पन्न गरी एक स्पाम निर्माण गरिएको छ ।” 
    संघीय सरकारको बजेटमा कालिगण्डकी नदीमा रु.३२ करोडको लगानीमा निर्माणधीन उक्त पुल लामो समयदेखि अलपत्र हुँदा त्यसभेगका मानिसहरू यातायातको सुविधाबाट बञ्चित हुनु परेको छ । 
    पुल निर्माणपछि नवलपुरको गैंडाकोट, धामबेशी, बुलिङ्गटार हुँदै तनहुँको ऋषिङ स्थित मधुवन, रूपटार, पिपलटार, घिरिङ्गको मानपुर हुँदै भिमाद, खैरेनीटार लगायतका बजार आवतजावतमा सहज बन्ने छ । 
    त्यसैगरी नवलपुरको उत्तरी भेग र तनहुँको दक्षिणी भेगलाई सुगम बनाउने रुपमा समेत यस पुललाई लिने गरिएको छ । 
    शिक्षक गिरीले भन्नुभयो “ढिलै भएपछि निर्माण कार्यले गति लिन थालेपछि स्थानीयबासी खुशी बनेका छन्,पुल बनेपछि आवतजावतमा सहज हुनेछ ।” 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट