
समाचार कुञ्ज जेष्ठ ३०, कावासोती
राष्ट्रपति रामचन्द्र पौडेल असार २ गते नवलपुर आउनुहुने भएको छ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको आयोजनामा असार २ हुने कार्यक्रममा राष्ट्रपति पौडेल नवलपुर आउन लाग्नुभएको हो । एघारौं चुरे संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रम राष्ट्रपति पौडेल नवलपुर आउन लाग्नु भएको हो । नवलपुरको कावासोति ३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वन परिसरमा एधारौ चुरे संरक्षण दिवसको अवसरमा वृक्षरोपण गरिने कार्यक्रम रहेको र उक्त कार्यक्रममा राष्ट्रपति पौडेल नवलपुर आउने कार्यक्रम तय भएको उप सचिव टेक प्रसाद पुलामीले जानकारी दिनुभयो ।

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट “वृक्षारोपण“ गर्नुहुने कार्यक्रम रहेको चुरे तराई–मधेश संरक्षण विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस