आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

ट्राफिक हाजिर जवाफ प्रतियोगितामा सिद्धार्थ आवासिय मा.वि. प्रथम 


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • ५ पाठक संख्या
  • दिपेन्द्र रेग्मी, जेठ ३०, कावासोती ।

    ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत आजभएको ट्राफिक हाजिर जवाफ प्रतियोगितामा सिद्धार्थ आवासिय मा.वि. प्रथम भएको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको आयोजनामा जारि ट्राफिक सप्ताह अन्तर्गत कावासोती नगरपालिका वडा नं. ३ को संयोजनामा अन्तर विद्यालय स्तरिय हाजिर जवाफ प्रतियोगिता भएको हो ।
    कावासोती ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता समेत रहनुभएका डोरमान गिरिको अध्यक्षतामा भएको प्रतियोगितामा कावासोती ३ मा अवस्थित सिद्धार्थ आवासिय मा.वि. प्रथम हुन सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका वरिष्ठ प्रहरी नायव निरिक्षक मन बहादुर कुँवरले जानकारी दिनुभयो ।
    त्यस्तै प्रतियोगितामा समता शिक्षा निकेतन द्धित्तिय र  जीवन ज्योति मा.वि. तृतिय हुन सफल भएको कुवँरले बताउनुभयो । 
    प्रथम हुन सफल सिद्धार्थ आवासिय मा.वि.का कक्षा ९ मा अध्ययनरत छात्रा पुजा चापागाई र कक्षा ८ का दुईजना छात्रहरु परिक्षित अर्याल एवं दिप्सन न्यौपाने सहभागि रहेका थिए ।
    प्रतियोगितामा ट्राफिक प्रहरी कार्यालयका कर्मचारिहरुले नै निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने, कार्यक्रमको सहजिकरण पनि गर्नुभएको थियो ।
    कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक जनकराज बञ्जराले प्रतियोगिताको माध्यामबाट विद्यार्थी एवं समुदायमा ट्राफिक सचेतना फैलाउने उद्येश्यले कार्यक्रम गरिएको बताउनुभएको थियो ।
    त्यस्तै कार्यक्रममा कावासोती नगरपालिका भित्रका विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी, वडाका जनप्रतिनिधिको साथै स्थानियहरुको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट