
समाचार कुञ्ज असार २ तनहुँ ।
खाद्यान्न बालीको खेती प्रविधि धान, मकै र कोदो सम्बन्धी दुई दिने कृषकस्तर तालिम सुरू भएको छ । घिरिङ गाउँपालिका कृषि विकस शाखाले आयोजनामा असार २ देखि ३ गतेसम्म सञ्चालन हुने तालिमको उद्वघाटन घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल गरेका हुनु । 
उद्वघाट समारोहमा घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले हाम्रो देशमा धान, गहुँ, मकै, कोदो, मुख्य खाद्यान्न बालीको रुपमा लिइने गरिएको धारणा व्यक्त गरे । मकै खेतीमा बाँदरको आतंक पसेपछि किसानहरुले मकै लगाउन छोड्दै गर्दा। समयक्रम सँगसँगै बाँकी रहेका कोदो लगायतका रैथाने बालीहरू लोप हुँदै जानुका,साथै, कृषि, आम्दानीमुखी र सिपमूलक तालिम तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।
तालिममा कार्यपालिका सदस्य ,रिमा कुमाल, सरिता वि.क. वडा न. ४ का वडा सदस्य मन बहादुर रानाभाट ,वडा सचिव कृष्ण प्रसाद पाण्डे , वडा प्रविधिक , गणेश विक समाजसेवी ,सञ्चारकर्मी उपस्थित रहेका थिए । उक्त तालिममा वडा नम्बर -४ का ४० जना कृषकहरूको सहभागीता रहेको छ । कृषकहरूलाई खाद्यान्न बालीको खेती प्रविधि सम्बन्धी तालिमको सहजिकरण घिरिङ गाउँपालिका कृषि शाखा प्रमुख रवि रामधामले गरेका थिए । 
सो कार्यक्रमको वडा नं. ४ का वडा अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षता भएको कार्यक्रम सञ्चालन कषि शाखा नायव प्राविधिक सहायक सामना नेपालीले गरेकी थिइन, भने वडा सदस्य मन बहादुर रानाभाट स्वागत मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस