
समाचार कुञ्ज असार ४ तनहुँ ।
घिरिङ गाउँपालिकाको कृषि विकास शाखाले आयोजनमा खाद्यान्न बालीको खेती प्रविधि धान, मकै र कोदो सम्बन्धी दुई दिने कृषकस्तर तालिम मंगलबार समापन भएको छ ।
समापन समारोहका कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले किसानले खेती गर्दा अब परम्परागत मात्र गरेर हुदैन्न प्रविधियुक्त हुन जरूरी रहेको बताए। उत्पादन गर्दै गरेको खेतीले कति आम्दानी दिएको छ त्यसको बारेमा जानु पनि पर्छ ।
आफैले उत्पादन गरेको खेती र बाहिरबाट किनेर ल्याएको खेतीमा कतिको फरक छ कस्तो खालको बिषाद कति मात्रमा प्रयोग गरेको छ जानु जरूरत रहेको समेत अध्यक्ष थापाले बताए । ,
कुन बिषाद प्रयोग गर्ने धान, गहुँ, मकै, कोदो, मुख्य खाद्यान्न बालीको रुपमा लिइने गरिएको धारणा समेत व्यक्त गरे । समयक्रम सँगसँगै बाँकी रहेका रैथाने बालीहरू लोप हुँदै जानुका,साथै, कृषि, आम्दानीमुखी र सिपमूलक तालिम तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।
तालिमको समापन कार्यक्रममा घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी , वडा नं -१ अध्यक्ष रविचन्द्र घोरासनी , कार्यपालिका सदस्य ,सरिता वि.क. वडा सचिव कृष्ण प्रसाद पाण्डे , वडा प्रविधिक , गणेश विक , कृषि शाखा की वर्षा थापा, समाजसेवी ,सञ्चारकर्मी उपस्थित रहेका थिए । उक्त तालिममा वडा नम्बर -४ का ४० जना कृषकहरूको सहभागीता रहेको थियो । कृषकहरूलाई खाद्यान्न बालीको खेती प्रविधि सम्बन्धी तालिमको सहजिकरण घिरिङ गाउँपालिका कृषि शाखा प्रमुख रवि रामधामले गरेका थिए ।
सो कार्यक्रमको वडा नं. ४ का वडा अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षता भएको कार्यक्रम सञ्चालन कषि शाखा नायव प्राविधिक सहायक सामना नेपालीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस