
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती ।
पूर्वी नवलपरासीको दुम्किबास नजिकैको अरुणखोलाको जंगल क्षेत्रमा आज एक्कासी रुखको हाँगा खस्दा विद्युत् लाइनमा क्षति पुगेको छ। हाँगा खस्दा तार टुटेपछि गुम्ती, सिसेनी र बगुवन क्षेत्रको विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध नेपाल बिधुत प्रधिकरण कावासाेती शाखाले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोली घटनास्थलमै पुगेर मर्मत कार्यमा खटिएका छन्। प्रारम्भिक अनुमान अनुसार करिब एक घण्टाभित्र विद्युत् सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ।
विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले दैनिक कामकाजमा असहजता भोग्नुपरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस