आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

आजदेखि बीपी राजमार्गमा साँझ ६ ः३० बजेदेखि बिहान ५ बजेसम्म रोकिने 


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ७, शनिबार मा प्रकाशित ८ महिना अघि
  • ८ पाठक संख्या
  • काठमाडौं ७ असार 
    बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन १५ दिनका लागि रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको मुल्कोटमा काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले १५ दिनको लागि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । वर्षाको मौसमले राजमार्गका विभिन्न खण्डमा काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा क्षति पुर्‍याएकोले यात्रु तथा चालकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको बताइएको छ । 
    राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम र चिप्लो सडक भएका कारण सवारी सञ्चालनलाई अस्थायी रूपमा रोक्ने निर्णय भएको हो । निर्णयअनुसार काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमै रोकिने भएको छ भने काठमाडौंतर्फ जाने सवारी साधनलाई सिन्धुलीको खुर्कोटमा रोकिने भएको छ । सो निर्णय आजैदेखि लागू हुनेछ ।  बीपी राजमार्ग राजधानी काठमाडौंलाई तराईसँग जोड्ने महत्त्वपूर्ण राजमार्ग हो । दैनिक हजारौँ यात्रु र मालवाहक गाडी यही बाटो भएर आवतजावत गर्ने गर्दछन् । 
    गएको वर्ष असोज महिनामा आएको बाढीले रोशी खोला क्षेत्रमा सडकमा ठूलो क्षति भएको छ । अप्ठेरो सडक हुँदा चौकीडाँडामा दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ । – नेपाल न्युज बैंक

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट