आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कावासोती  नगरपालिका क्षेत्रमा आज  दिनभर बत्ती जाँने


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ७, शनिबार मा प्रकाशित ८ महिना अघि
  • ८ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासोती,  – कावासोती वितरण केन्द्रले शनिबार २०८२ असार ७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कावासोती र प्रगतिनगर फिडरअन्तर्गतका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ।

    कावासोती वितरण केन्द्रका अनुसार कावासोती नगरपालिका वडा नं. २, ३, ४, ५, ६, ९ र प्रगतिनगर फिडरबाट सञ्चालित कावासाेती नगरपालिका वडा नं. ७, १०, ११, १२, १३ मा बुस कटिङ कार्यका लागि बत्ती बन्द हुनेछ।

    विद्युत सेवा अवरुद्ध रहने समय अवधिभर सम्पूर्ण उपभोक्तालाई असुविधा हुनसक्ने जनाउँदै कावासोती वितरण केन्द्रले क्षमायाचना गरेको छ। केन्द्रका अनुसार यदि काम समयअघि सम्पन्न भएमा निर्धारित समयभन्दा पहिले नै लाइन सुचारु गरिनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट