
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती
हुप्सेकोट गाउँपालिका–४ स्थित शंखदेव क्षेत्रको विद्युत् आपूर्ति अहिले अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुनुको कारण हात्तीखोर ११ केभी फिडरमा देखिएको समस्या हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार समस्या समाधानको लागि मर्मत कार्य तीव्र रूपमा भइरहेको छ। मर्मत सम्पन्न भएपछि लाइन पुनः सुचारु गरिने प्राधिकरणले जानकारी दिएको छ।
स्थानिय बासिन्दाहरूलाई केही समय असुविधा भए पनि प्राधिकरणले सकेसम्म चाँडो सेवा बहाल गर्ने प्रयास भइरहेको बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस