
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासोती, असार ९ — एक सातादेखि अवरुद्ध रहेको दाउन्ने सडक खण्डमा सवारी चाप बढ्न नदिन
प्रहरीले सोमबार गैंडाकोटमा मालबाहक ट्रकहरू रोक्ने निर्णय गरेको छ।
करिब ६० किलोमिटर टाढाको गैंडाकोट क्षेत्रमा ट्रकहरू रोकिँदा अवरुद्ध क्षेत्रसम्म गाडीको भीड नबढ्ने र वैकल्पिक व्यवस्थापन सहज हुने विश्वास प्रहरीले लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक खुल्न समय लाग्ने देखिएकाले अग्रिम नियन्त्रणका उपायस्वरूप ट्रकहरूलाई समयमै नियन्त्रणमा राखिएको हो।
अवरुद्ध सडकमा सवारी साधन जाम भएर थप समस्या नहोस् भन्ने उद्देश्यले ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ। प्रहरीले अन्य साना सवारीलाई आवश्यक सावधानीसहित सञ्चालन गर्ने प्रयास गरिएको छ।

प्रतिक्रिया दिनुहोस