आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सुनचाँदी व्यवसायीहरुको आन्दोलन स्थगन, आजदेखि पसल खुल्ने


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २७, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • १५ पाठक संख्या
  • तिर्थराज काफ्ले नवलपुर ,  ।
    सुनचाँदी व्यवसायीहरुले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् । सरकारले व्यवसायीहरुसँग ६ बुँदे सहमति गरेपछि उनीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार बिहीबार भएको सहमतिपछि आज देखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा खुल्नेछन् ।

    सरकार र व्यवसायीबीच भएको सहमतिमा कर संरचना, मूल्य निर्धारणको पारदर्शिता, आयात व्यवस्थापन लगायतका विषयमा सहमति जुटेको बताइएको छ ।

    यसअघि मूल्यवृद्धि, करका दर र नियमन प्रणालीप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलन अन्तर्गत देशभरका पसलहरू बन्द गरिएका थिए ।

    अब सहमति कार्यान्वयनमा जोड दिइने व्यवसायीहरूको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट