
समाचार कुञ्ज पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।
उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन् । उनको दाहसंस्कार भोलि आइतबार गरिनेछ ।
उनले लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस