आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्रज्ञा प्रतिष्ठान विधेयक पारित


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३०, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ८ पाठक संख्या
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व)३० असार, 
    हुप्सेकोट गाउँपालिकाको गाउँ सभाको सत्रौँ अधिवेशन अन्तर्गत तेस्रो बैठकले आर्थिक वर्ष २०८२।८३ का लागि विनियोजन विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ।

    गत असार १० गते दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना मगरले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक तेस्रो बैठकमा छलफलपछि पारित गरिएको हो। सो विधेयकले गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि खर्च र आयको रूपरेखा प्रस्तुत गरेको छ।

    त्यसै गरी बैठकमा ‘हुप्सेकोट गाउँ प्रज्ञा प्रतिष्ठान विधेयक २०८२’ पनि पारित गरिएको छ। यस विधेयकले हुप्सेकोटको सांस्कृतिक, बौद्धिक र साहित्यिक गतिविधिहरूलाई संस्थागत गर्दै संरक्षण र प्रवर्द्धन गर्न नयाँ संरचना तयार गर्ने उद्देश्य राखेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।

    बैठकमा न्यायिक समितिका संयोजक समेत रहनुभएका उपाध्यक्ष पूर्णसिंह राना मगरले आर्थिक वर्ष २०८१।८२ को न्यायिक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा समितिले समाधान गरेका मुद्दा, चुनौतीहरू तथा भावी योजना प्रस्तुत गरिएको थियो ।

    हुप्सेकोट गाउँपालिकाको सत्रौँ अधिवेशन अन्तरगतको पहिलो बैठक असार ५ गते बसेको थियो । उक्त बैठकले आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको थियो । त्यसै गरी दोस्रो बैठक असार १० गते बसेको थियो । उक्त बैठकमा आर्थिक वर्ष २०८२।८३ का लागि विनियोजन विधेयक पेस गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट