आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३१, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ६ पाठक संख्या
  • काठमाडौँ, ३१ असार । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

    यसअघि मन्त्री राजकुमार गुप्ताले आज राजिनामा दिएपछि रिक्त पदमा उहाँलाई नियुक्त गरिएको हो ।

    नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट