
समाचार कुञ्ज टाेकीयो जापान
ताइफु नारी मंगलबार बिहान जापानको उत्तरी मुख्य टापु होक्काइदोमा प्रवेश गरेको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार सन् २०१६ यता होक्काइदोमा ताइफु प्रवेश गरेको यो पहिलो घटना हो।
ताइफु नारी बिहान करिब २ बजे होक्काइदोको दक्षिणी भागमा रहेको केप एरिमोनजिक पुगेर उत्तरतर्फ सरेको थियो। यसले उत्तरी जापानमा तीव्र हावाहुरी र उच्च लहर आउने चेतावनी जारी गरिएको छ।
सन् १९५१ देखि तथ्यांक राख्न थालेयता जुलाई महिनामा होक्काइदोमा ताइफु प्रवेश गरेको यो पहिलो पटक हो।

प्रतिक्रिया दिनुहोस