आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३२, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ६ पाठक संख्या
  • चितवन, ३२ असार । नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ । भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ । 

    सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरु दुबैको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । स्रोत: नारायणी अनलाइन

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट