आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बौदिकालीमा कार र बस ठक्कर खाँदा ४ जना घाइते 


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३२, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • नवलपुर । कालीगण्डकी करिडोर अन्तरगत नवलपुरको बौदीकाली गाउँपालिका ३ खैरेनीमा कार र बस एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । 
    बौदीकाली गाउँपालिका ३ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक खण्डमा पाल्पा रामपुरदेखि डेढँगाउतर्फ आँउदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैडाकोटदेखि पाल्पा तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो । दुर्घटनामा परेका ४ जनाकै अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा परी कार चालक तनँहु जिल्लाको भिमाद नगरपालिका ६ निवासी २३ बर्षीय विवेक शाह, कारमा सवार ६८ बर्षीय पदमराज जोशी, ५८ बर्षीय जंग बहादुर राना र तनहूँको ब्यास नगरपालिका ५ निवासी ४९ बर्षीय केशव रुचाल घाइते भएका छन् । 
    बस र बस चालक पाल्पाको रम्बा गाउँपालिका १ निवासी ३७ बर्षीय संजय प्रसाई प्रहरी नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट