आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पृथ्वी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ४, आईतबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान ७ः३० बजे माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् ।

     पोखराबाट काठमाडौँ जाँदै गरेको  बा४ख ८४१३ नं को माइक्रो बस [हाईस] चालकले नियन्त्रण गुमाई  दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । प्रनाउ थापा अनुसार कास्की जिल्लाको पोखरा महानगरपालका–६ बस्ने वर्ष ४० को रुद्रबहादुर पहाडी, तनहुँको शुक्लागण्डाकी नगरपालिका–५ बस्ने वर्ष ३० को रामु थापा घाइते हुनु भएको छ ।

    त्यसै गरी सहचालक धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिका–२ बस्ने वर्ष २० को कृष्णबहादुर तामाङ र सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–३ बस्ने वर्ष ५४ को रुद्रप्रसाद कटेल घाइते हुनुहुन्छ । घाइतेको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट