आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

११ महिनामै सम्पन्न भयो मोटरेबल पुल निर्माण


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ८, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • तनहुँ —

    तनहुँको भिमाद नगरपालिका–१ डुम्रेबेसीस्थित कुलुङखोलामा निर्माणाधीन मोटरेबल पुल ११ महिनामै सम्पन्न भएको छ। पूर्वनिर्धारित दुई वर्षको निर्माण अवधि तोकिएको भए पनि ज्वालामुखी कन्स्ट्रक्सनले तोकिएको समयभन्दा झण्डै एक वर्ष अघि नै पुल निर्माण सम्पन्न गरेको हो।

    कुलुङखोलामा बनेको यो पुल स्थानीय आवागमन सहज बनाउन र व्यापारिक गतिविधिमा टेवा पुर्‍याउन महत्त्वपूर्ण मानिन्छ। निर्माण सम्पन्न भएसँगै भिमाद क्षेत्रका बासिन्दाले छिटो र सुरक्षित यात्रा गर्न पाउने अपेक्षा गरिएको छ।

    पुल निर्माणको जिम्मा लिएको ज्वालामुखी कन्स्ट्रक्सनले गुणस्तरीय काम गर्दै समयमै काम सम्पन्न गरेकामा स्थानीयवासीहरू तथा भिमाद नगरपालिकाले प्रसंसा गरेका छन्। पुल सञ्चालनमा आएपछि यो क्षेत्रको यातायात पूर्वाधारमा महत्वपूर्ण सुधार आउने विश्वास लिइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट