
समाचार कुञ्ज बन्दीपुर, साउन १० । शनिबार बिहान बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानीमा आयोजित जनसमूहसँगको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले धरमपानी र वरपरको विकासमा विशेष चासो रहने बताएकी छन्।
कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले भनिन्, “संगठन बनाउँदा धरमपानीले मलाई धेरै ठुलो गुन लगाएको छ। मन्त्री नहुदा पनि हाम्रो पहलमा यस क्षेत्रका लागि २५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको छ।”
उनले बन्दीपुर–धरमपानी सडकलाई गत वर्ष ४ करोड र यस वर्ष पनि सोभन्दा बढी बजेट विनियोजन हुने जानकारी दिइन्। साथै, बन्दीपुर–धरमपानी–सराङघाट (बुद्ध सिंह मार्ग) सडकलाई कालोपत्रे गरिने र यसबाट बन्दीपुरको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
मन्त्री न्यौपानेले भविष्यमा धरमपानीसहित यस क्षेत्रको विकासका लागि अझ विशेष चासो दिने बताईन् ।

प्रतिक्रिया दिनुहोस