आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

फाउण्डेसनद्धारा मदन पार्कमा वृक्षारोपण


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १०, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • दुलेगौंडा, १०  साउन । 
    मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेश कमिटीले तनहुँको शुक्लागण्डकी–२ कोत्रेमा शनिवार वृक्षारोपण गरेको छ । एक्लेखेतमा रहेको मदन पार्कमा १८ वटा गुलमोहरको विरुवा सारिएको हो । 
    कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ । यस फूललाई स्वर्गको फूल पनि भन्ने गरिन्छ । यसको काँडा मात्र होइन बास्ना पनि हुँदैन ।  १२ वर्ष आयु रहेको यो फूलमा गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुन्छ । 
    वृक्षारोपण कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिट व्युरो सदस्य टुकराज सिग्देलले मदन भण्डारीको योगदानको चर्चा गर्दै उनकै आदर्श र सिद्धान्तको बलमा नेपालमा कम्युनिस्ट शक्ति फस्टाएको उल्लेख गरे ।  खाली रहेका जमिनमा वृक्षारोपण गरि हरियाली बनाउनुपर्नेमा सिग्देलले जोड दिए । उनले फाण्डेसनले वृक्षरोपणसँग गोडमेल गरि हुर्काउनुपर्ने उल्लेख गरे । फाउण्डेसनका सचिव मनकुमार श्रेष्ठले अहिले रोपिएको विरुवालाई आवश्यक खाल्टो, माटो, मल र पानीसहितको व्यवस्थाले केहि वर्षमा पार्कमा हरियाली हुने विश्वास व्यक्त गरे । मदन पार्ककका अध्यक्ष धन प्रकाश तिमिल्सेनाले जग्गा संरक्षण गरि राखेपनि व्यवस्थित बनाउन बजेट पाउन नसकिएको गुनासो गरे । मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट