
समाचार कुञ्ज
नवलपुर, श्रावण १० –
“हामीसँगै मिलेर वातावरण जोगाऔं” भन्ने नारासहित रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा आज एकदिने वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
मध्यविन्दु प्रादेशिक अस्पतालको परिसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारि भबिश्वर पान्डे सहित सुरक्षा निकायाका प्रमुखको उपस्थिति थियो ।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ नवलपुर सिटीले सह-आयोजकको भूमिका निर्वाह गरेको थियो भने डिभिजन वन कार्यालय, नवलपुरको प्राविधिक तथा संस्थागत समर्थन प्राप्त थियो।

प्रतिक्रिया दिनुहोस