आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिमादमा अकबरे खुर्सानी खेतीको अवलोकन, परीक्षण सफल हुँदै माग बढ्दो


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १८, आईतबार मा प्रकाशित ७ महिना अघि
  • १० पाठक संख्या
  • भिमाद  , साउन १८ 
    मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ मा पहिलोपटक गरिएको अकबरे खुर्सानी खेती सफल बन्दै गएको छ। खेतीको अवलोकन गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री किरण गुरुङ्ग, भिमाद नगरप्रमुख दधिराज सुवेदी, वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, एमाले भिमाद नगर कमिटी अध्यक्ष ईमान बहादुर थापा, कांग्रेस भिमाद नगर सभापति अरविन श्रेष्ठ, माओवादी भिमाद अध्यक्ष अमृत सिग्देल लगायतको टोली स्थलगत भ्रमणमा पुगेको थियो।

    भिमाद नगरपालिका–९ का ८ वटा टोल विकास संस्थामार्फत करिब ५० हजार बोट अकबरे खुर्सानी लगाइएको हो। नेकपा एमाले भिमादका अध्यक्ष समेत रहेका कृषक ईमान बहादुर थापाका अनुसार, "हालसम्म २५ सय किलो खुर्सानी बिक्री भइसकेको छ भने विभिन्न स्थानबाट २–३ क्विन्टलको माग आइरहेको छ।"

    उनले परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित भएको बताए। भिमाद नगरपालिकाले बिउ र मल्चिङ प्लास्टिकमा ५०% अनुदान दिँदै आएको छ। थापाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए किसानहरूलाई झनै सहज हुने धारणा राखे।

    पूर्वमन्त्री किरण गुरुङ्गले अकबरे खुर्सानी खेतीबाट किसानमा देखिएको उत्साहलाई सकारात्मक संकेत बताउँदै भने, “सरकारले नीति बनाउने मात्रै होइन, कार्यान्वयनमा समेत गम्भीर भएर लाग्नुपर्छ। यस्ता परियोजनाले गाउँमै रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीको चाप घटाउन सक्छ।”

    यस्तै नगरप्रमुख दधिराज सुवेदीले भने, “हाम्रो नगरको समृद्धिको मूल आधार कृषि हो। यस प्रकारको सफल खेतीले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ र किसानलाई आर्थिक रूपमा सशक्त बनाउँछ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गरिनेछ।”

    भानुमती नमुना कृषि गाउँका अध्यक्ष रण बहादुर गुरुङ्गले पोखरा, काठमाडौँ, चितवनजस्ता सहरबाट अकबरे खुर्सानीको माग उच्च भइरहेको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट