
समाचार कुञ्ज निराज रानाभाट, चितवन । सरिता इभेन्टले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ चनौली तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता ’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका – २०, चनौली बजारमा भदौ १० गते, मंगलबार, दिउँसो ०१:०० बजेदेखि गर्न लागिएको सो कार्यक्रममा थुप्रै ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सरिता इभेन्टको अध्यक्ष सरिता आचार्यका अनुसार उक्त कार्यक्रममा रमेश श्रेष्ठ मेलोडी, चन्द्रा अर्याल, भुमिराज रेग्मी, समुन रोक्का, सोनिका क्षेत्री, अनिल सुनार, गोविन्द सापकोटलगायतको प्रस्तुति रहने छ । साथै, खुल्ला तिज नृत्य प्रतियोगिताको लागि दर्ता खुल्ला गरिएको आचार्यले बताईन् ।
त्यसैगरी, उक्त कार्यक्रमको सहयोगी संस्थाहरुमा चनौली बजार व्यवस्थापन समिति, चनौली टोल विकास संस्था, कल्याण आमा समूह ( चनौली ), ब्राह्मण समूह ( चनौली ), नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखालगायत रहेको आयोजकले जनाएको छ । साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहने छन् ।

प्रतिक्रिया दिनुहोस