आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

नुवाकोटको ककनी गाउँपालिका वडा नं. १, ७ र ८ मा रा.स्व.पा. को तदर्थ समिति गठनकार्य सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १९, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ७ पाठक संख्या
  • नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउपालिका वडा नम्बर -१, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को तदर्थ समिति गठन कार्य सम्पन्न भएको छ । प्रतिनिधि सभाका उम्मेद्वार सुमन बिक्रम पाण्डे र प्रधुम्न महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नुवाकोट जिल्ला उप – सभापति शरण महत, नुवाकोट क्षेत्र नम्बर -१  निर्वाचन समिति सभापति यदुमान लामा, ककनी गाउँपालिका कार्यबाहक सभापति रोजिन लामा, सचिव शिशिर फुयाल तथा वाग्मती प्रदेश अभियान तथा प्रचारप्रसार विभाग सदस्य अभिराज न्यौपानेलगायत उपस्थितिमा सम्पन्न भएको हो । 

    उक्त कार्यक्रम ककनी गाउपालिका वडा नम्बर -१ मा रमेश बलामी, ककनी गाउपालिका वडा नम्बर -७ मा राज कुमार श्रेष्ठ र ककनी गाउपालिका वडा नम्बर -८ मा निरज लामिछाने सभापति चयन हुँदै वडा कमिटी गठन गरिएको छ । साथै, पार्टी सभापति रवि लामिछाने विरुद्द सरकारले साँधेको प्रतिशोध विरुद्द बृहत् हस्ताक्षर संकलन समेत गरिएको वाग्मती प्रदेश अभियान तथा प्रचारप्रसार विभाग सदस्य अभिराज न्यौपानेले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट