आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

नेपालका दुई युवा अभियन्ता दवाडी र लम्साललाई अन्तर्राष्ट्रिय सम्मान


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १९, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ६ पाठक संख्या
  •  भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न २औं International Achievers Award 2025 Bhutan अन्तर्गत नेपालका २ जना युवा अभियन्ता अन्जन दवाडी र रामचन्द्र लम्सालले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । ‘ Best Contribution in Social Activities ’ श्रेणीमा अन्जन दवाडी सम्मानित भए, भने ‘ Best Contribution in Youth Empowerment ’ विधामा रामचन्द्र लम्साल सम्मानित भएका छन् । दवाडी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । हाल उनी भरतपुर महानगर युवा सञ्जालका अध्यक्ष तथा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय महासचिवका रूपमा कार्यरत छन् । सामाजिक परिवर्तन, मानवीय सेवा र युवालाई सामाजिक उत्तरदायित्वप्रति सक्रिय बनाउने काममा दवाडीले महत्वपूर्ण योगदान दिएका छन् ।

    त्यस्तै, रामचन्द्र लम्सालले युवाको नेतृत्व विकास, सिपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्‍याएका छन् । आफैँ सफल उद्यमी रहेका लम्साल हजारौं युवालाई आत्मनिर्भर र उद्यमशील बन्न प्रेरित गर्दै आएका छन् । उक्त कार्यक्रम ABM द्वारा आयोजना गरिएको थियो, भने भारतमा दर्ता कम्पनी JDN, Global Village Connections Bhutan, IEHRSE को सहकार्य र She-Cycle Solutions Bhutan को सह – आयोजनामा २०२५ अगस्ट ३ तारिख साँझ ०६:०० बजे भव्य रूपमा सम्पन्न भएको हो । यो सम्मानले नेपालका यी २ युवाको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउनुका साथै सामाजिक परिवर्तन र युवा सशक्तिकरणमा थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको आयोजकहरूले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट