आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुरमा पुर्जा वितरण सम्पन्न गर्ने कावासोती–४ बन्यो जिल्लाकै  पहिलो वडा


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २६, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ८ पाठक संख्या
  •  नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ४ , पुर्जा वितरणको काम सम्पन्न गर्ने पहिलो वडा बनेको छ । जिल्ला भरि रहेका ९२ वटा वडा मध्य कावासोती नगरपालिका वडा नम्बर चारले भूमि सम्बन्धी जग्गा नापी भएका सबैलाई पुर्जा वितरण गरेर सकेको छ । 
    वडामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको पुर्जा भरि नापी गरिएका सबैलाई जग्गा धनी पुर्जा वितरणको काम सकिएको कावासोती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायणप्रसाद लोहोनीले बताउनुभयो । 
    वडामा आइतबार अब्यवस्थित बसोबासीमा जग्गा नापी भएका ८५ जनालाई पुर्जा वितरणको काम सम्पन्न गरेसँगै जिल्लाको पुर्जा वितरण गर्ने पहिलो वडा बनेको हो । यस वडा भित्र भूमिहिन दलित र भूमिहिन सुकुम्बासी फारम भरेका २५ जनालाई यस अघिनै जग्गा धनी पुर्जा वितरण गरि सकिएको छ । 

    आइतबार नवलपुर क्षेत्र नम्बर दुईका पूर्व सांसद तिलक महतको  प्रमुख आतिथ्यतामा अब्यवस्थित बसोबासीमा नापी गराएका ८५ जनालाई लालपुर्जा वितरण गरिएको हो । जग्गा धनि पुर्जा वितरण कार्यक्रममा गण्डकी प्रदेश सभका सदस्य पूर्व मन्त्रि रोशन बहादुर गाहा, प्रदेश सभाका पूर्व सांसद विष्णुप्रसाद लामिछाने, जिसस प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसाल, कावासोती नगरपालिका प्रथम नगर प्रमुख चन्द्र कुमारी पुन, कावासोती नगरपालिका नगर उप प्रमुख फूलकुमारी थनेत, भूमि सम्बन्धी समस्या समाधान अयोगका जिल्ला अध्यक्ष तारापति खरेल, विज्ञ सदस्य होमनाथ जैसी, सहित विभिन्न वडाका जनप्रतिनिधी लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय लगायतको उपस्थितीमा जग्गा धनी पुर्जा वितरण गरिएको हो । 
    स्थानीयले पुर्जा प्राप्त गरेसँगै बाजागाजा सहित खुसीयाली मनाएको थिए । 
    सबैको सा सहयोगले पुर्जा वितरणको काम सम्पन्न गर्न सकिएको वडा अध्यक्ष नारायण प्रसाद लोहनीले बताउनुभयो । वडामा पुर्जा वितरणको काम सकिएको भएपनि जमिन्दारी तर्फको समस्या कायम रहेको भन्दै यसको समाधानका लागि आफू लाग्ने र पहलका लागी सबैलाई अनुरोध गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट