आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेश कमिटीको तेस्रो पूर्ण वैठक सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • ५ पाठक संख्या
  • २८ श्रावण २०८२, पोखरा

    पोखरा — राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गण्डकी प्रदेश कमिटीको तेस्रो पूर्ण वैठक आज पोखरामा सम्पन्न भएको छ। “सामाजिक न्याय र पेशागत मर्यादाको लागि स्वास्थ्यकर्मीहरुको एकता, गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ सम्पन्न वैठकको प्रमुख आतिथ्य नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता माननीय खगराज अधिकारीले गर्नुभयो।

    बैठकमा नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेशका अध्यक्ष डोलराज पराजुली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य सिर्जना पण्डित र डा. कृष्ण रेग्मी, केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज हरिलाल आचार्य, महासचिव भिम राज सिंह, सचिवद्वय चन्द्र सुनार र अनुप सिंह क्षेत्री, अध्यक्ष डा. सन्तोष पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

    बैठकमा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लामध्ये ९ जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकले गण्डकी प्रदेश कमिटीको प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ को कार्ययोजना सर्वसम्मतिले पारित गरेको छ।यस अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई, शुभकामना र पूर्व पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो। बैठकको अध्यक्षता गण्डकी प्रदेश कमिटी अध्यक्षले गर्नुभयो भने सञ्चालन सचिव प्रितम थापाले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट