आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गाेठमा आगलागी हुँदा पशुचाैपाया घाइते, अन्नपात नष्ट


  • समाचार कुञ्ज
  • २०८२ भाद्र ३, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • ५ पाठक संख्या
  • पाल्पा –  रामपुर–७, कठानमा आगलागीबाट पशु चौपायासहित अन्नपात जलेर नष्ट भएको छ । स्थानीय धर्मागत रेग्मीको गोठमा सोमबार दिउँसो आगलागी  हुँदा  गोठ पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ । 

    आगलागी परी गोठमा रहेको एक वटा पाडा मरेको छ भने दुई वटा लैनो भैंसी र एक वटा पाडा घाइते भएको प्रहरीले जनाएको छ । साथै गोठमा भण्डारण गरेर राखिएको अन्न तथा दाना समेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो । 

    घरमा कोही नभएको समयमा दिउँसो १२ बजेको एक्कासी गोठमा आगो सल्किएको थियो । छिमेकीले आगलागी भएको देख्नसाथ गोठ बाट भैैसी र पाडाको डाम्लो फुकाउन सफल भएका थिए । विद्युत सर्ट भएर लागेको आगो दमकलको सहयोगमा प्रहरी र स्थानीयले एक घण्टा पछि पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट