
समाचार कुञ्ज भदौ , ४ समर रानाभाट
महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा ऋषिङ गाउँपालिका आयोजनामा यही भदौ ८ गते आइतबार ऋषिङ गाउँपालिका वडा स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । ऋषिङ -६ ढुङगाडे पार्क बिहान १० बजेबाट प्रतियोगिता सुरू हुने भएको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार २० हजार र प्रमाणपत्र , द्धितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार र सहभागी पुरस्कार ४ हजार र प्रमाणपत्र दिईने गाउँपालिकाले जनाएको छ ।
ऋषिङमा " विकासको पुर्व र वर्तमान अवस्थाको , संघियतामा महिलाको भुमिका" शिर्षकमा प्रतियोगिता हुन लागेको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ बताए । प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता भदौ ७ गते कार्यालय समय भित्र टिम दर्ता गर्नु पर्ने र एउटा समुहमा १० जना सहभागी गर्ने पाउने श्रेष्ठ जानकारी दिए ।प्रतियोगीतामा एक समुहले बढीमा १० मिनेटको समय पाउने , बाद्यबादनमा महिला हुनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस