
समाचार कुञ्ज समर रानाभाट , घिरिङ , ११ भदौ
कल्याण देवि क्लवको आयोजनामा संचालित खुला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिजको अवसरमा कल्याण देवि युवा क्लबको आयोजनामा कल्याण देवि विद्यालयको प्राङ्गणमा मंगलबार तीजगीत प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा पिपलटार आमा समुहले प्रथम स्थान हासिल गरेको छ । त्यसै गरि दिदिबहिनी समुह करूवाटार द्वितीय , सरास्वती आमा समुह उम्से तृतीय र बटौलि आमा समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । 
बिजेता समुहरुले क्रमशः प्रथम पुरस्कार नगद ६ हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद ४ हजार रुपैयाँ, तृतीय पुरस्कार नगद २ हजार रुपैयाँ र सान्त्वना पुरस्कार नगद १ हजार ५ रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा ७ वटा समुहको सहभागिता रहेको थियो ।
कल्याण देवि युवा क्लबका सचिव संसार रानाभाटको अध्यक्षतामा भएको तीज गीत प्रतियोगितामा घिरिङ गाउँपालिका वडा -४ का वडाध्यक्ष भिम बहादुर कुमाल प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वडा नम्बर -४ का वडा सदस्य मन बहादुर रानाभाट , ऋषिङ गाउँपालिका प्रवक्ता विजय दरै , वडा नं -३ सचिव सन्तोष कुमार पौडयाल, वडा -४ सचिव कृष्ण प्रसाद पाण्डे , आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रविन श्रेष्ठ , कृष्ण गंगा आ वि का प्र.अ बाबुराम रानाभाट , कल्याण देवि का प्र.अ रूक बहादुर रानाभाट , समाजसेवि बासु श्रेष्ठ ,कल्याण देवि सामुदायिक वन का अध्यक्ष सुर्य रानाभाट राजनीतिक पार्टीका प्रतिनिधि, विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो । क्लबका सल्लाहकार रूक बहादुर रानाभाटले स्वागत गरेको प्रतियोगिताको संचालन समर रानाभाट र शंकर रानाभाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस