आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको दक्षिणी कोरियाको मैत्रीपूर्ण भ्रमणको तेस्रो दिन 


  • समाचार कुञ्ज
  • २०८२ भाद्र १२, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १८ पाठक संख्या
  • घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको दक्षिणी कोरियाको मैत्रीपूर्ण भ्रमणको तेस्रो दिन विभिन्न विषयमा छलफल भएको छ । दक्षिणी कोरियाको मैत्रीपूर्ण भ्रमणको तेस्रो दिन कोरिया देशको इन्छोन महानगर पालिका कार्यपालिका बोर्ड कमिटी सङ्ग दुई पक्षीय वार्ता तथा सम्बाद भयो । घिरिङ्ग गाउपलिका निवासी युवा नेकप(एस) का पोलिटब्युरो सदस्य ,अधिवक्ता शङ्कर पोख्रेलको नेतृत्व र कार्यक्रमको प्रमुख अतिथि घिरीङ्ग गाउँपालिका प्रमुख होम बहादुर थापा रहेको उक्त संयुक्त बैठकमा घिरिङ्गको मौलिक कृषि प्रविधीलाई आधुनिककरण गराउन,स्थानिय उत्पादनलाई बजारीकरण गराउने कार्यक्रमको योजनामा सघाउन युवालाई आबधिक रोजगारी सहितको दक्षता अभिमुखिकरण तालिम"कोरिया देशमै ल्याएर प्रशिक्षित गराउन, घिरिङ्ग पालिका भित्रका आदिवासी जनजाति गरिव किसानका छोराछोरीलाई गुणस्तरीय  स्वाथ्य ,शिक्षा प्राप्त गर्न कोरिया देशमा पुर्ण छात्रवृत्ति पढ्ने ब्यबस्था गराउन माग गर्ने  बिषयमा सामाजिक सास्कृतीक पर्यटन र पुर्वाधार बिकासमा सघाउने र  सम्बन्धलाई अझ दरिलो बनाउन  दुबै स्थानिय सरकारको पुन मैत्रीपुर्ण भ्रमण बिषयलाई  प्राथमिकता साथ पालिका प्रमुखको तर्फबाट टोलि प्रमुख शङ्कर पोखरेलले राख्नु भएको छ । बैठक दुई चरणमा सम्पन्न भएको छ । महानगरको तर्फबाट उप मेयर Kim,Sangseob PHD ले गर्नु भएको थियो । district council president ,vic-president ,council member साथै प्रेसिडेन्ट prof Dr Han seoung IL को महत्त्वपूर्ण उपस्तिथि रहेको थियो । घिरिङ गाउपालिका अध्यक्षद्वारा Prof Dr Han Seioul IL सहित को नेतृत्वलाई घिरिङ गाउँपलिकाको मैत्रीपुर्ण भ्रमणको निमन्त्रणा दिएको छ ।यश भ्रमण दलमा सम्बिधान सभा सदस्य सरद सिङ भण्डारी,नेका युवा नेता जोख बहादुर कठायत लगायतका ब्याक्तित्वहरुको सहभागी रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट