
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासोती
आज शुक्रबारका दिन श्री चण्डेश्वरी माध्यमिक विद्यालय, कावासोती-१५ गोडारमा विद्यालय अन्तर्गत सञ्चालित बाल क्लब तथा इको क्लबको संयुक्त आयोजनामा वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा विभिन्न फूलका विरुवा रोप्नुका साथै ड्रायगन फ्रुटको बिरुवा गोडमेल गरिएको विद्यालयले जानकारी दिएको छ ।
यस अवसरमा विद्यालयकी प्रधानाध्यापक लक्ष्मी न्यौपानेले यस किसिमका गतिविधिले विद्यार्थी मात्र नभई सम्पूर्ण समुदायलाई वातावरण संरक्षण र हरियाली विस्तारप्रति सचेत गराउने सकारात्मक सन्देश जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस