आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

देवचुलीमा कन्टेनर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते


  • समाचार कुञ्ज
  • २०८२ भाद्र १८, बुधबार मा प्रकाशित ६ महिना अघि
  • ४ पाठक संख्या
  • नवलपुर, भदौ १८
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) देवचुली नगरपालिका–१५ लोकहा नजिक गएराति साढे ११ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नं.को कन्टेनर र बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको प्र.२–०३००१ ख ४०५६ नं.को ट्रक एकआपसमा ठोक्किँदा कन्टेनर चालक सुस्ता गाउँपालिका–१ (पश्चिम नवलपरासी) का ३५ वर्षीय माधव पंगेनी गम्भीर घाइते भई उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा राति १:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

    उक्त दुर्घटनामा कन्टेनरका सह–चालक, चितवन राप्ती नगरपालिका–७ का ३६ वर्षीय राम बहादुर सार्की र ट्रक चालक, महोत्तरी बर्दिवास नगरपालिका–११ का ३० वर्षीय बिच बहादुर थिङ घाइते भएका छन्। उनीहरूलाई टाउको तथा शरीरका विभिन्न भागमा चोट लागी भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट