
समाचार कुञ्ज नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध सडक अझै खुल्न सकेको छ । पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएकाले पन्छाउने काम सुरु नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । शुक्रबार साँझ ७ः१५ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध छ ।
बिहान ६ बजेसम्म पनि ढुङगासहितको पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउने काम सुरु हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार आज यो सडकखण्ड भएर यात्रा नगर्न अनुरोध गरिएको छ ।नारायणी अनलाइनबाट

प्रतिक्रिया दिनुहोस