आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

रानीमहलको संरक्षण र थप प्रचार-प्रसार आवश्यक : रास्वपा कार्यबहाक सभापति


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक ८, शनिबार मा प्रकाशित ४ महिना अघि
  • ८ पाठक संख्या
  • पाल्पा – राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डिपी अर्यालले रानीमहलको प्रचारप्रसारमा ध्यान दिन आग्रह गर्नुभएको छ । पाल्पाको रानीमहल देशकै ऐतिहासिक धरोहर रहेकाले स्वदेश र विदेशबाट रानीमहलमा पर्यटक भित्र्याउन यसको थप प्रचारप्रसार आवश्यक रहेकोमा जोड दिनुभयो । 
    फोटो र भिडियोमा जसरी रानीमहलको प्रचारप्रसार भएको छ, त्यो अनुसार आफूले पाउन नसकेको बताउँदै उहाँले रानीमहल क्षेत्रको विकास र संरक्षणमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । पर्यटन मन्त्रालय, पर्यटन बोर्डले रानीमहलका लागि थप काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
    अर्यालले कालीगण्डकीको पानीमा -याफ्टिङ् गर्न पाउनु स्वदेशी र विदेशीको लागि सौभाग्यको विषय रहेकाले नेपालको पर्यटन क्षेत्रको विकासका लागि रानीमहलले महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गर्नुभयो । अर्याल पारिवारिक भ्रमणका क्रममा पाल्पाको रानीमहल पुग्नुभएको थियो । तस्विर स्राेत : विष्णु भण्डारी ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट