आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

हुप्सेकोट प्रहरी चौकी आक्रमणमा संलग्न सात जना पक्राउ


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक १३, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • १० पाठक संख्या
  • कावासाेती ।  जेन जी आन्दोलनको क्रममा हुप्सेकोटस्थित प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका–१ का मीनबहादुर थापा, चुमबहादुर राना, अमनबहादुर कामी, नरबहादुर विक, ईश्वरसिंह ठकुरी, होमबहादुर थापा चोबालाल  थापा रहेका छन्।
    प्रहरीका अनुसार हुप्सेकोट गाउँपालिका–१ बेलुवा स्थित प्रहरी चौकीमा अनाधिकृत रूपमा प्रवेश गरी कार्यालय भवन र सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको घटनामा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
    उनीहरूलाई  नवलपुर जिल्ला अदालत (नवलपरासी बर्दघाट सुस्ता पूर्व) बाट चार दिनको म्याद थप गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट