
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती नवलपरासी (पूर्व) ।
लगातार परेको वर्षाका कारण दाउन्ने सडक खण्डमा सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन गरिएको छ।
मिति २०८२ असोज १४ गतेदेखि परिरहेको अविरल वर्षाले विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड चिप्लो बनेपछि सवारी सञ्चालनमा समस्या आएको हो।
सडक चिप्लो र जोखिमपूर्ण भएको कारण दुवैतर्फ सवारी साधनको चाप बढेको र सुरक्षाको दृष्टिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ।
यात्रु तथा चालकहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरी कार्यालयले आग्रह गरेको छ।
थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस