आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चिनु पुनको संयोजकत्वमा ‘युथ भोलिन्टियर फोर्स’ कावासोती गठन


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक १७, सोमबार मा प्रकाशित ३ महिना अघि
  • १० पाठक संख्या
  • ज्ञानु पंगेनी , कात्तिक १७ गते । 

    नेकपा एमाले कावासोतीले १५१ सदस्यीय ‘युथ भोलिन्टियर फोर्स’ , युवा स्वयम्सेवा दस्ता गठन गरेको छ । 
    सोमवार कावासोती एक पोखरीतालमा वृहत भेलाको आयोजना गरी चिनु पुनको संयोजकत्वमा ‘युथ भोलिन्टियर फोर्स’ गठन गरिएको हो । 
    जसको सहसंयोजकमा रविन सापकोटा , सचिवमा मदन गिरी र सह सचिवमा लेखराज चापागाईं चयन हुनुभएको छ । 
    नेकपा एमाले कावासोती नगर कमिटी अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 
    कार्यक्रममा बोल्दै महतले जनताको सुरक्षा नेकपा एमालेले गर्नुपर्ने भएकोले युवा स्वयम्सेवा दस्ता गठन गरेर सुरक्षाको प्रत्याभूति दिलाउने बताउनुभयो । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा सरकारका सुरक्षा निकाय मुकदर्शक बने कारण  राष्ट्रिय तथा निजी सम्पत्तिको क्षति पुगेको भन्दै उहाँले अब जनताको सुरक्षा एमालेका युवाले गर्नका लागि यस फोर्सले काम गर्ने बताउनुभयो । यस्तै उहाँले युवा स्वयम्सेवा दस्ताले पार्टी र जनताको सेवामा खटिने, पुनर्निर्माण तथा विपद्मा परेकाहरूको उद्धार कार्यमा समेत सहभागी हुने समेत बताउनुभयो । 
    कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष एवम् संविधान सभा सदस्य जीवन श्रेष्ठ , गण्डकी प्रदेश कमिटी सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा , अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य सीता पंगेनी समेतले बोल्दै जेन्जी आन्दोलनमा घुसपैठ हुँदा राष्ट्रिय सम्पत्ति खरानी हुन पुगेको नेता र जनप्रतिनीधिहरुमाथी प्रतिसोध साँधेर आगजनी , लुटपाट जस्ता आपराधिक कृयाकलाप भएको भन्दै अब नेकपा एमाले धुलो टट्काएर उठ्ने र देश र जनताको सुरक्षा र पार्टीको सुरक्षा आफैँ गर्ने धारणा राख्नुभएको थियो । 
    कार्यक्रमका बारेमा प्रकाश पार्दै नगर अध्यक्ष पाण्डेले सबै खालका अराजकता विरुद्ध युथ भोलेन्टियर्स फोर्सले काम गर्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण , सुशासन र सामाजिक विकृतिका विरुद्ध यो सङ्गठन रक्षा कवच भएर उभिने बताउनुभयो । 
    कार्यक्रममा गण्डकी प्रदेश सदस्य नारायण तिमिलसिना , प्रदेश सल्लाहकार परिषद सदस्य हुमनाथ सुवेदी , जिल्ला कमिटी सचिव भिमलाल कंडेल सहित जिल्ला तथा पालिका तहका नेता एवम् विभिन्न जनवर्गीय सङ्गठनका प्रमुखहरूको आतिथ्यतामा कार्यक्रम भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट