आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासोतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते


  • समाचार कुञ्ज
  • २०८२ मंसिर ६, शनिबार मा प्रकाशित ३ महिना अघि
  • ९ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेेती नवलपुर ,
    कावासोती नगरपालिका–१६ थारु संग्रहालय नजिकै आज राति १० बजे पूर्व–पश्चिम राजमार्गमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर फरार भएको छ। जानकारी पाएपछि अपराध अनुसन्धान पोस्ट डण्डाबाट प्र.ब.ह. भुवल भैया थारुको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको र घाइतेहरूलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएको प्रहरीको भनाइ छ।
    फरार सवारीको पहिचान तथा अनुसन्धानका लागि जिल्ला प्रहरीले प्र.नि. बिरेन्द्र राज गुरुङको नेतृत्वमा पाँच जनाको टोली थप रूपमा खटाएको छ। दुर्घटना स्थल अपराध अनुसन्धान पोस्ट डण्डाबाट करिब ४०० मिटर पूर्व र जिल्ला प्रहरी कार्यालय (पूर्व) बाट करिब ५ किलोमिटर पश्चिमतर्फ पर्छ।

    दुर्घटनामा कावासोती–१६ गैडाचोकका ४२ वर्षका हिरा बहादुर परियारको उपचारको क्रममा राति नै मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्। मोटरसाइकलको पछाडि सवार कावासोती–३ पुरानो कावासोतीकी ३२ वर्षीया सुनिता जोहार्जा गम्भीर अवस्थामा रहेकी छिन्। टाउकोमा चोट लागेका कारण उनलाई रातिनै पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ। उनका साथमा बहिनी उपचार प्रक्रियामा संलग्न रहेका छन्।
    साथै कावासोती–१४ त्रिभुवनटारकी २४ वर्षीया मिना मगरको दाहिने खुट्टामा सामान्य चोट लागेको र उनको आफन्तसँग निरन्तर सम्पर्क भइरहेको प्रहरीले जनाएको छ।

    घटनाको अनुसन्धानका क्रममा कर्णाली प्रदेश ०२–००१ ख ०५६४ नम्बरको बसका चालक पर्सा जगन्नाथपुर–५ का ४४ वर्षीय जैनुल मिया अन्सारी र ना ६ ख ४८१३ नम्बरको ट्रकका चालक मकवानपुर थाहा नगरपालिकाका २८ वर्षीय बिज्ञान के.सी जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को नियन्त्रणमा रहेका छन्।
    प्रहरीले दुर्घटनामा संलग्न फरार सवारी साधनको खोजी तीव्र पारेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट