आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुरमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक भाषण – वक्तृत्वकला ’ कार्यक्रम हुने 


  • समाचार कुञ्ज
  • २०८२ मंसिर ६, शनिबार मा प्रकाशित ३ महिना अघि
  • ८ पाठक संख्या
  • निराज रानाभाट, नवलपुर । ‘ युवा बोले राष्ट्र बोले ’ भन्ने दृष्टिकोण साथै ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले नवलपुरमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक भाषण – वक्तृत्वकला ’ कार्यक्रम हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको छ । तर्क, तथ्य र प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण अब केवल नेतृत्व होइन, प्रत्येक जिम्मेवार नागरिकको अनिवार्य क्षमता बनिसकेको छ । यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक भाषण – वक्तृत्वकला ’ कार्यक्रम घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । उक्त 
    कार्यक्रमलाई जन अपडेटले मिडिया पार्टनरको रूपमा साथ दिएको छ, जवकि स्वस्तिक प्रोडक्सन डिजिटल पार्टनरका रूपमा सम्पूर्ण प्रविधिक व्यवस्थापन तथा प्रसारण सम्हाल्ने छ । साथै, लियो क्लब अफ चितवन ग्रिनको सहकार्यले कार्यक्रमलाई युवा – ऊर्जायुक्त र प्रभावकारी बनाएको छ । 

    कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार यो कार्यक्रम एकै चरणमा सम्पन्न हुने छ र पूर्ण रूपमा अनलाइन मोडमै सञ्चालन हुने छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । सहभागीहरूले एकै पटक आफ्नो प्रस्तुतीकरण अनलाइन मार्फत गर्ने छन् । यहीँ एक प्रस्तुतीकरणका आधारमा परिणाम तय गरिने छ । उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्वारा मूल्यांकन हुने छ । उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । ‘ अनलाइन सार्वजनिक भाषण – वक्तृत्वकला ’ मा सहभागी इच्छुक युवाहरूले अनलाइन फारम, सामाजिक सञ्जाल लिंक तथा माध्यममार्फत साथै फोन ( ९७४५२९०२८३ ) मार्फत दर्ता गर्न सक्नेछन् । उक्त कार्यक्रममा सहभागिताको लागि १५ देखि ४० वर्षसम्मका नेपाली युवा हुनुपर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट