आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

रानाभाट समाज कावासोतीले देउसी भैलो खेलेर उठाएको रकम अपाङ्ग संस्थालाई  सहयोग


  • समाचार कुञ्ज
  • २०८२ मंसिर ६, शनिबार मा प्रकाशित ३ महिना अघि
  • १० पाठक संख्या
  • मंसिर ०६
    तिहारमा देउसी भैला खेलेर उठाएको रकमबाट अपाङ्ग सेवा संस्थालाई  सहयोग हस्तान्तरण गरिएको छ । रानाभाट समाज नेपाल कावासोती नगर कमिटि नवलपुरले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको उठेको केहि रकम अपाङ्ग सेवा संस्थालाई  सहयोग प्रदान गरेको हो ।

    मानवीय धर्म नै सबैभन्दा ठुलो धर्म भएको भन्दै नवलपुरको कावासोती नगरपालिका ८ मा रहेको श्री मौलाकालीका अपाङ्ग सेवा  संस्थाका बालबावालिकाहरुलाई सहयोग प्रदान गरेको हो । संस्थालाई करीब १२ हजार बढीको न्यानो  कपडा उपलब्ध गराइएको समूहले जनाएको छ । यो पटक देउसी भैलो बाट संकलन भएको केहि रकमबाट कपडा हस्तान्तरण गर्दै समुहका सदस्यले  देउसी भैलो खेलेर सानो–सानो सहयोग दानबाट जम्मा भएको रकम बाट सहयोग गर्नु आफैमा ठुलो काम भएको बताए ।

    राहत सहयोग हस्तान्तरण कार्यक्रममा समुहका रानाभाट जिल्ला कार्यसमिति  उपाध्यक्ष समर रानाभाट , जिल्ला लेखा सदस्य शुशिला रानाभाट , कावासोती नगर कमिटिकी अध्यक्ष बसना रानाभाट , कोषध्यक्ष पार्वति रानाभाट , सदस्य अनिता रानाभाट, मनिसा रानाभाट , युवा परिचालक सदस्य नारायण रानाभाट लगायतले मानवीय सहयोग नै सबैभन्दा ठुलो सहयोग भएको बताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट