आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

स्वतन्त्र विद्यार्थी युनियन, जनज्योति क्याम्पस अन्तरकक्षा स्तरीय हाजिर–जवाफ प्रतियोगिता सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८२ मंसिर २३, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ९ पाठक संख्या
  • आज सम्पन्न अन्तरकक्षा स्तरीय हाजिर–जवाफ प्रतियोगिता भव्यता र उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

    स्वतन्त्र विद्यार्थी युनियनका सभापति विप्लव भण्डारीको अध्यक्षतामा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवंम गण्डकी प्रदेशसभा सदस्य माननीय जित प्रकाशआलेको प्रमुख आतिथ्यमा भीमाद नगरप्रमुख दधिराज सुवेदी, भिमाद नगर उपप्रमुख शारदा खनालको विशेष उपस्थितिमा जनज्योति क्याम्पस अन्तर्गत शिक्षा स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ। 

    कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रदेश सभा सदस्य गण्डकी प्रदेशका माननीय जित प्रकाश आले  “शिक्षा र नेतृत्व क्षमतामा विद्यार्थीलाई सबल बनाउने स्ववियुको प्रयास प्रशंसनीय छ। यस्ता कार्यक्रमले प्रतिस्पर्धी क्षमता अझ सुदृढ बनाउँछ " स्ववियुले गरेका यस्ता कार्यहरूमा सञ्चालक समितिबाट विद्यार्थी मैत्री वातावरण निर्माणका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो l

     कार्यक्रमका विशिष्ट अतिथि भिमाद नगर प्रमुख दधिराज सुवेदीले "क्याम्पसलाई शैक्षिक उत्कृष्टताको केन्द्र बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहनेछ" स्वतन्त्र विद्यार्थी युनियनले गरेको यस कार्य विद्यार्थीका हकहितका लागि उदाहरणीय छ यस्ता कार्यहरूलाई  निरन्तरता दिनका लागि भिमाद नगरपालिकाबाट आवश्यक आवश्यक सहयोग गर्ने प्रतिबद्धता उल्लेख गर्नुभयो l 

     विशिष्ट अतिथि भिमाद नगर उपप्रमुख शारदा खनालले “युवा पुस्ताले देखाएको सक्रियता हाम्रो नगरको शैक्षिक पहिचान बनिरहेको छ। स्ववियुको पहल सराहनीय यस्ता कार्यले विद्यार्थीलाई पढाइप्रति  रुचि तीव्र बढाउनेछ " नगरपालिकाबाट एवं स्वयं व्यक्तिगत तर्फबाट यस्ता उदाहरणीय कार्यहरूमा  सधैँ साथ दिने  प्रतिबद्धता राख्नुभयो l

    क्याम्पस प्रमुख केशवराज काफ्लेले “हाजिर–जवाफ केवल प्रतिस्पर्धा मात्र होइन, आत्मविश्वास र ज्ञान विस्तारको महत्वपूर्ण माध्यम हो।”  विद्यार्थीहरूलाई अब्बल बनाउनका निम्ति  सधैँ सक्रिय रहने कुरा बताउनुभयो  l

    कार्यक्रमका अतिथि नेकपा एमाले भिमाद नगर कमिटिका अध्यक्ष इमानबहादुर थापाले “विद्यार्थीको बौद्धिक क्षमताको विकास यिनै कार्यक्रमबाट सम्भव हुन्छ " निरन्तर सिर्जनशीलता ल्याउँदै अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभयो। 

    यस कार्यक्रममा ११ वटा टिम  सहभागी भएका थिए  जसमध्ये

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट