आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

लैंगिक हिंसा अन्त्यका लागि विद्यार्थीको  भूमिका ‘ विषयक अनलाइन वक्तृत्वकला प्रतियोगितामा श्री नगरडाँडा माध्यमिक विद्यालयका बाबिन राना प्रथम


  • समाचार कुञ्ज
  • २०८२ मंसिर २४, बुधबार मा प्रकाशित २ महिना अघि
  • ९ पाठक संख्या
  • बौदीकाली गाउँपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सञ्चालन भएको ' लैंगिक हिंसा अन्त्यका लागि विद्यार्थीको  भूमिका ' विषयक अनलाइन वक्तृत्वकला प्रतियोगितामा श्री नगरडाँडा माध्यमिक विद्यालयका बाबिन राना प्रथम, श्री डेढगाउँ माध्यमिक विद्यालयको स्मृति बुढाप्रिथी द्वितीय, श्री डेढगाउँ माध्यमिक विद्यालयको भेष माया वि क तृतीय र श्री धर्मात्मा माध्यमिक विद्यालयको यशोधा कँडेलले सान्तोना स्थान हासिल गरेका छन्।

    अन्तिम नतिजा ७० प्रतिशत विषय वस्तु र ३० प्रतिशत लाइक, शेयर र कमेन्टको आधारमा प्रकाशन गरिएको थियो। विजेता विद्यार्थीहरुलाई आज २०८२ मंसिर २४ गतेका दिन गाउँपालिकाको सभाहलमा एक कार्यक्रम विच पुरस्कार वितरण गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट