आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा


  • समाचार कुञ्ज
  • २०८२ पौष १, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ९ पाठक संख्या
  • दीपेन्द्र रेग्मी, पुष १, कावासोती ।
    कावासोतीमा हुन लागेको राष्ट्रिय एवं अन्तराष्ट्रिय खेलाडि सहितको प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
    नवलपुरको जिल्ल सदरमुकाम समेत रहेको कावासोती नगरपालिका वडा नं. १६ डण्डामा अवस्थित सनलाइट सामुदायिक विकास केन्द्रको फुटबल मैदानमा आगामी पुस ५ गते देखि १६ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
    स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित आयोजना गनर्ग लागिएको गोल्ड कप फुटबल प्रतियोगितामा देश भित्र र बाहिरको गरि जम्मा १२ टिम विच प्रतिस्पर्धा हुने सनलाइट सामुदायिक विकास केन्द्रका अध्यक्ष तेजनारायण अर्यालले बताउनुभयो ।
    केन्द्रको आयोजना, कावासोती नगरपालिकाको प्रवर्धन एवं कावासोती नगरपालिका वडा नम्बर १६ र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
    प्रतियोगिताको तयारी स्वरुप डण्डास्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानको व्यवस्थापन लगायतका काम चलिरहेको सनलाइट सामुदायिक विकास केन्द्रका अध्यक्ष तेजनारायण अर्यालले जानकारी दिनुभयो । प्रतियोगितामा कावासोती नगरपालिकाको दुई वटा टिम सहित भारतको ए भि एफ सि कोलकाता र विदेशबाट जस्ट जोन एफ सि सहित गरि जम्मा १२ टिम रहने अध्यक्ष अर्यालले बताउनुभयो ।
    कावासोती नगरपालिकाले खेल क्षेत्रको विकास र प्रवर्धनसँगै स्थानिय व्यवसाय एवं पर्यापर्यटनमा समेत खेलको माध्यामबाट सहयोग पुर्याउने उद्येश्यले प्रतियोगिता आयोजना गर्न लागेको नगर खेलकुल विकास समिति कावासेतीका अध्यक्ष एवं कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल (दिपेशले) जानकारी दिनुभयो ।
    उहाँले पालिका भित्रका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको क्षमता विकाससँगै खेलाडिहरुको दिगो व्यवस्थापनमा समेत टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष खनालको भनाई छ । साथै उहाँले अब देखि हरेक वर्ष प्रतियोगितालाई अझ वृहत र विस्तृत रुपमा निरन्तर आयोजना गर्ने योजना बनाईएको समेत उहाँले बताउनुभयो ।
    यहि प्रतियोगिताका लागि भनेर विशुद्ध कावासोती नगरपालिकामा बसोबास गर्ने नगरका १७ वटै वडाहरुबाट प्रतिनिधित्व हुनेगरि खेलाडीहरू छनोट गरेर कावासोती ए र बि गरि दुई टिम तयार पारिएको साथै ति खेलाडिहरुले अनुभवि प्रशिक्षकबाट प्रशिक्षण लिईरहेको समेत अध्यक्ष खनालले जानकारी दिनुभयो ।
    उहाँले कावासोतीबाट छनोट भएका ४० जना खेलाडीलाई कावासोती आठमा रहेको टुबोर्ग ग्राउण्डमा प्रत्येक दिन प्रशिक्षण प्रदान गरिरहेको बताउनुभयो ।
    प्रतियोगिताको विजेता हुने टिमले तीन लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुने टिमले नगद एक लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
    त्यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टिमले २५÷२५ हजार रुपियाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत पुरस्कारको व्यवस्था रहेको छ ।
    नकआउट फम्र्याटमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आउँदो पुष ५ गते कावासोती ए र गण्डकी पुलिस विच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
    आयोजक संस्थाका अध्यक्ष अर्यालले खेल सम्पन्न गर्नकोलागि १७ लाख भन्दा बढि लाग्ने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको लागि कावासोती नगरपालिकाबाट ६ लाख पचाहजार बराबरको खर्च रकम व्योहोर्ने र बाँकि खर्च रकम विभिन्न दाताहरुको सहयोगमा आयोजकले नै व्यवस्थापन गरिने बताएको छ ।
    प्रतियोगितामा खेल हेर्नेहरुका प्रतिदिन विद्यार्थीहरुको लागि पचासा रुपैयाँ, अन्यका लागि रु. एक सय र खेल अवधिभरकालागि रु. पाँच सयको टिकट दर कायम गरिएको समेत अध्यक्ष अर्यालले बताउनुभयो ।
    पत्रकार सम्मेलन संस्थाका अध्यक्ष अर्यालको अध्यक्षतामा गरिएको थियो भने कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष सेतमान पुन, कावासोती १६ का वडा अध्यक्ष आनन्द श्रेष्ठ, मध्यविनदु हरियाली सामुदायिक वनका अध्यक्ष तेज बहादुर के.सी लगायतको आतिथ्यता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट