आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासोती तीन नं. वडाद्धारा योग सामग्री हस्तान्तरण


  • समाचार कुञ्ज
  • २०८२ पौष ९, बुधबार मा प्रकाशित २ महिना अघि
  • १० पाठक संख्या
  • ज्ञानु पंगेनी
    कावासोती , पुस ९ गते । 
    गरौ योग रहौ निरोग भन्ने  उदेश्यका साथ ध्यान दिवस समेतको अवसर पारेर कावासोती वडा नं. ३ ले योग सामग्री हस्तान्तरण गरेको छ ।
    मंगलबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष डोरमान गिरीले पतञ्जली योग समितिलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । आ.ब.२०८२÷८३ को शिर्षक  बाट योग समिति  लाई  योग का सामाग्रीहरु  योग म्याट र साउण्ड सिस्टम   हस्तान्तरण  गरिएको अध्यक्ष गिरीले बताउनुभयो । 
    वडावासी स्वस्थ्य र निरोगी हुन भन्ने उदेश्यका साथ अहिले वडाका ६ वटा स्थानमा योगको कार्यक्रम हुँदै आएको छ ।  वडा कार्यालय , सहिद स्कृति विद्यालय , गणेश चोक , सिद्धार्थ आवासीय मावि लगायतका ६ स्थानमा योक हुँदै आएको छ ।  पायक पर्ने स्थानमा योगमा सहभागि भई स्वास्थ्य लाभ लिनका लागि समेत अध्यक्ष गिरीले अनुरोध गर्नुभएको छ । 
    पछिल्लो समयमा मानिषहरुको जीवनशैली परिवर्तन भएसंगै व्यस्त जीवनशैली तथा खानपानका कारण विभिन्न रोगहरुले ग्रसित बन्नुपरेको परिस्थितिमा योगध्यानले शरिर , मन र आत्माको सन्तुलन कायम गरि स्वस्थ्य र आनन्दित जिवनशैलीका लागी मदत गर्ने हुँदा योगध्यान अपरिहार्य रहेको अध्यक्ष गिरीले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट